अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी मारिए
आइतबार, ०४ साउन २०७७, १८ : २७
एजेन्सी । अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भने, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ ।”
उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नेक्रममा दुर्घटनामा परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण