शाहरुख खानले आफ्नो घरलाई किन प्लाष्टिकले ढाके ?
मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् ।
बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् ।
स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् ।
भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई कोरोनाको डरले नभई वर्षाको डरले ढाकेको बताएका छन् । शाहरुख खानको पूरा घरलाई प्लाष्टिकले ढाकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण