विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो (अपडेट)
एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
संक्रमित मध्ये हालसम्म ८९ लाख २३ हजार ९५६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख २८ हजार ८९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख ६१ हजार ५५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार ८३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३३ लाख ८ हजार ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ३६६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४६ लाख ४३ हजार २३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९्७ हजार ५९६ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ९४ हजार ७११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ५२३ को मृत्यु भएको छ । एसिया ३४ लाख ६५ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८१ हजार ४२८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख ४० हजार २६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ४६५ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४९ जनाको मृत्यु भएको छ ।
–एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण