विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो (अपडेट)

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
संक्रमित मध्ये हालसम्म ८९ लाख २३ हजार ९५६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख २८ हजार ८९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख ६१ हजार ५५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार ८३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३३ लाख ८ हजार ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ३६६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४६ लाख ४३ हजार २३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९्७ हजार ५९६ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ९४ हजार ७११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ५२३ को मृत्यु भएको छ । एसिया ३४ लाख ६५ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८१ हजार ४२८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख ४० हजार २६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ४६५ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४९ जनाको मृत्यु भएको छ ।
–एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर