प्रदेश नम्बर २ मा आएको बाढीमा २ को मृत्यु
जनकपुर । प्रदेश नम्बर २ को महोत्तरी र रौतहटमा नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको हो ।
मंगलबार बिहान रातो नदीमा आएको बाढीले बगाउँदा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ४० का वीरेन्द्र कापडको मृत्यु भएको छ भने रौतहटको खहरे खोलाले बगाउँदा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ बस्ने ५८ वर्षीय सुकुमान थिङको मृत्यु भएको छ ।
जनकपुर हुँदै संग्रामपुर स्थित घर जाने क्रममा साइकल लिएर खोला तर्न खोज्दा बिहान १० बजे उनलाई रातो खोलामा आएको बाढीले बगाएको थियो।
बाढीमा बेपत्ता भएका कापडको शव अपराहन्न ५ बजे महोत्तरीको बल्बा नगरपालिका वडा नम्बर ४ स्थित भगवतीपुर नजिक खोला किनारमा मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले खोजतलासको क्रममा बगाएको ठाउँबाट झण्डै १५ किलोमिटर दक्षिणमा कापडको शव भेटिएको हो।
त्यस्तै रौतहटको खहरे खोलाले बगाउँदा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय सुकुमान थिङलाई स्थानीय गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले बगाउँदा मृत्युु भएको थियो । उनको खोजतलासको क्रममा ३ घण्टापछि शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।
स्थानीयले चाँदी नदीको पानीलाई सिंचाईको लागि खहरे प्रयोग गर्ने क्रममा खोलामा पानीको बहाव खोल्न जाँदा बाढीको बेगले उनलाई बगाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण