उच्च अदालत पोखराले एक वर्षमा ७७३ मुद्दा फछ्र्यौट गर्यो
पोखरा । उच्च अदालत पोखराले आर्थिक वर्ष ०७६/७७ मा ७७३ मुद्दा फछ्र्यौट गरेको छ । मंगलबार उच्चले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । आव ०७६/७७ मा उच्चमा ११ सय ५५ नयाँ मुद्दा भएका छन् । नयाँ दर्ता भएका मुद्दामध्ये ३८७ मुद्दा फछ्र्यौट भएका छन् । ५ सय १५ मुद्दा जिम्मेवारी सरेका थिए । जिम्मेवारी सरेका ५ सय १५ मुद्दामध्ये ३८६ मुद्दा फछ्र्यौट भएका छन् ।
उच्च्का अनुसार दुनियाँवादी देवानीमा जिम्मेवारी सरेका १६५ मुद्दा छन् । नयाँ २०५ मुद्दा दर्ता भएका छन् । गत आवमा दुनियाँवादी देवानी मुद्दामा दर्ता भएका कुल ३ सय ७० मुद्दामध्ये जिम्मेवारी सरेका ११४ र नयाँ ६१ मुद्दा फछ्र्यौट भएका छन् । दुनियाँवादी देवानीमा दर्ता भएका कुल ३७० मुुद्दामध्ये जिम्मेवारी सरेको ५१ र नयाँ दर्ता भएका १ सय ४४ गरि १९५ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।
यसैगरि, दुनियाँवादी फौजदारीमा जिम्मेवारी सरेका ५९ मुद्दा छन् । नयाँ १ सय १ मुद्दा दर्ता भएका छन् । जिम्मेवारी सरेका र नयाँ दर्ता भएका कुल १ सय ६० मुद्दामध्ये ५८ मुद्दा फछ्र्यौट भएका छन् । दुनियाँदारी फौजदारी शिर्षकमा दर्ता भएका कुल मुद्दामध्ये जिम्मेवारी सरेका ३६ र नयाँ २२ गरि जम्मा ५८ मुद्दा फछ्र्यौट भएका छन् । जिम्मेवारी सरेका २३ र नयाँ दर्ता भएका ७९ गरि जम्मा १ सय २ मुद्दा फछ्र्यौट हुन बाँकी छन् ।
सरकारी फौजदारी मुद्दामा जिम्मेवारी सरेका २६५ मुद्दामध्ये २१७ मुद्दा फछ्र्यौट भएका छन् । ४८ मुद्दा फछ्र्यौट हुनै बाँकी छन् । नयाँ ६ सय ७० मुद्दा दर्ता भएकोमध्ये २५१ मुद्दा फछ्र्यौट भएको छ । ४१९ मुद्दा फछ्र्यौट हुन बाँकी छन् । सरकारी फौजदारी मुद्दामा दर्ता भएका जिम्मेवारी सरेका र नयाँ गरि कुल ९ सय ३५ मुद्दामध्ये ४ सय ६७ मुद्दा फछ्र्यौट हुन बाँकी छन् ।
वाणिज्य इजलासमा जिम्मेवारी सरेका ८ मुद्दा र नयाँ दर्ता भएका ९५ गरि कुल १ सय ३ मुद्दा दर्ता भएकोमा ४ जिम्मेवारी सरेका र ३ नयाँ गरि ७ मुद्दा फछ्र्यौट भएको छ । जिम्मेवारी सरेको ४ र नयाँ ९२ गरि ९६ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।
गत आवमा उच्चमा दर्ता भएका अन्यतर्फ जिम्मेवारी सरेको १, नयाँ दर्ता ४ गरि कुल ५ मुद्दामध्ये जिम्मेवारी सरेको मुद्दा फछ्र्यौट भएको छ नयाँ एउटा मुद्दा फछ्र्यौट भएर ३ मुद्दा बाँकी छ । बन्दी प्रत्यक्षीकरणमा गत आवबाट जिम्मेवारी सरेको छैन । नयाँ १६ मुद्दामध्ये १६ वटा नै फछ्यौंट भएका छन् ।
उच्चले गत आवबाट जिम्मेवारी सरेका ५१५ मुद्दा फछ्र्यौट हुने र नयाँ १६७८ मुद्दा दर्ता हुने अनुमान लगाएको थियो । तर, उच्चको लक्ष अनुसार नभई गत आवबाट जिम्मेवारी सरेका ५१५ मुद्दामध्ये १३ मुद्दा मात्रै फछ्र्यौट भएका छन् । यो आवमा नयाँ ६५२ मुद्दा फछ्र्यौट हुने लक्ष उच्चले लिएको छ । जम्मा ६६५ मुद्दा दर्ता हुने अनुमान उच्चको छ । त्यसमध्ये ४२० फछ्यौंट गर्ने उच्चको लक्ष छ ।
यसैगरी, अदालतले लकडाउनको समयमा दर्ता भएका दुई सय ९९ मध्ये एक सय ८८ मुद्दा फछ्र्यौट गरेको छ । अदालतले एक सय २७ मेलमिलाप सम्बन्धि मुद्धामा सात वटा मेलमिलाप भएको र एक सय १० वटा मुद्दा फिर्ता भएको का.मु. मुख्यन्यायाधिश किशोर सिलवालले जनाए । बाँकी १९ वटा मेलमिलाप केन्द्रमा बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण