आजदेखि हट्यो लकडाउन, यी क्षेत्रमा प्रभाव कायमै

कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो ।
आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा भने सरकारले गर्न सक्नेछ ।
सरकारले लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछन् ।
यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न पाइने छैन ।
यसैगरी भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ ।
यसैगरी सरकारले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय पूर्ववत् रुपमा सञ्चालन गर्न निर्णय गरेको छ। सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । यसअघि सरकारले बिहान ८ देखि १ र १ देखि ५ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यस्तै सरकारले हाल कायम रहेको जिल्लाभित्रै सञ्चालित सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते