बेलायती प्रमको सुझावः कोरोनाभाइरसलाई हराउनु छ भने साइकल चलाएर अफिस जानुहोस्
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले तौल बढी भएका आफ्ना नागरिकले नोभेल कोरोनाभाइरसको संक्रमणलाई हराउनका लागि आफ्नो प्रतिरोधी क्षमता विकसित गर्नुपर्ने सुझाव दिएका छन् । यस हप्ता, विशेषज्ञले तौल बढी भएका मानिसहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेको र संक्रमण रहेको खण्डमा उनीहरुमा मृत्युदर पनि बढि हुने बताएका छन् । तौल कम गर्नका लागि जोनसोनले आफ्ना नागरिकलाई साइकल चलाएर अफिस जान आग्रह गर्नेछन् ।
जोनसोनले जारी गर्ने यस्तो सुझाव नयाँ सरकारको रणनीति अनुसार हो जसमार्फत् भाइरसको संक्रमणको प्रभाव कम गर्न प्रयास जारी छ । यसमार्फत्, बालबालिकाका लागि जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ भने रेष्टुरेन्टको मेन्यूमा क्यालोरीको मात्रा पनि लेख्न आदेश दिइएको छ ।
‘सक्रिय यात्रा’ -
हिँड्नु, साइकल चलाउनु जस्ता क्रियाकलापले तौल घटाउन सहयोग गर्ने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।
सात युरोपेली शहरमा अध्ययन गरिएको एक शोधमा दैनिक रुपमा साइकल चलाउँदा बडी मास इन्डेक्स सबैभन्दा कम स्तरमा हुने बताइएको छ ।
गत मेमा जोनसनले बेलायतको संसदमा निकट भविष्य साइक्लिङका लागि नयाँ स्वर्ण युग हुनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण