मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाबाट निको भए ब्राजिलका राष्ट्रपति

आइतबार, ११ साउन २०७७, १८ : ५५
आइतबार, ११ साउन २०७७

एजेन्सी । ब्राजिली राष्ट्रपति जैर बोल्सेनारोले आफु कोरोना संक्रमणमुक्त रहेको जानकारी दिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । 

जुलाई ७ मा  बोल्सेनारोले आफुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए र शनिबार उनले दिएको जानकारीअनुसार नतिजा नेगेटिभ आएको छ । यस अवधिमा उनी आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा थिए ।  ६५ वर्षीय बोल्सेनारोले आफुले हाइड्रोक्लोरोक्विन औषधि लिइरहेको पनि जनाएका थिए । कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै ब्राजिलमा उनको आलोचना हुने गरेको छ ।

सुरुमा उनले कोरोना भाइरस सामान्य रुघाखोकीजस्तै रोग भएकाले यसले खासै असर नगर्ने अभिव्यक्ती दिएका थिए त्यस्तै, उनी मास्क लगाउने विषयमा समेत सजग थिएनन् । कोरोना महामारीकै दौरान बोल्सेनारोसँगको विवादका कारण देशका दुुई स्वास्थमन्त्रीले राजीनामा दिइसकेका छन् । जनस्वास्थलाई लिएर लापरवाही गरेको आरोप बोल्सेनारोलाई लाग्ने गरेको छ । 

कोरोनाबाट सर्वाधिक प्रभावित देशको सुचीमा अमेरिकापछि दोस्रो नम्बरमा ब्राजिलको नाम आउँछ । यहाँ २३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ, ८६ हजार ४ सय ९६ जनाको ज्यान गइसकेको छ । कूल संक्रमितमध्ये १६ लाखभन्दा धेरै निको पनि भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप