कोरोनाबाट निको भए ब्राजिलका राष्ट्रपति
एजेन्सी । ब्राजिली राष्ट्रपति जैर बोल्सेनारोले आफु कोरोना संक्रमणमुक्त रहेको जानकारी दिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
जुलाई ७ मा बोल्सेनारोले आफुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए र शनिबार उनले दिएको जानकारीअनुसार नतिजा नेगेटिभ आएको छ । यस अवधिमा उनी आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा थिए । ६५ वर्षीय बोल्सेनारोले आफुले हाइड्रोक्लोरोक्विन औषधि लिइरहेको पनि जनाएका थिए । कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै ब्राजिलमा उनको आलोचना हुने गरेको छ ।
सुरुमा उनले कोरोना भाइरस सामान्य रुघाखोकीजस्तै रोग भएकाले यसले खासै असर नगर्ने अभिव्यक्ती दिएका थिए त्यस्तै, उनी मास्क लगाउने विषयमा समेत सजग थिएनन् । कोरोना महामारीकै दौरान बोल्सेनारोसँगको विवादका कारण देशका दुुई स्वास्थमन्त्रीले राजीनामा दिइसकेका छन् । जनस्वास्थलाई लिएर लापरवाही गरेको आरोप बोल्सेनारोलाई लाग्ने गरेको छ ।
कोरोनाबाट सर्वाधिक प्रभावित देशको सुचीमा अमेरिकापछि दोस्रो नम्बरमा ब्राजिलको नाम आउँछ । यहाँ २३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ, ८६ हजार ४ सय ९६ जनाको ज्यान गइसकेको छ । कूल संक्रमितमध्ये १६ लाखभन्दा धेरै निको पनि भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण