चीनका ९ शहरमा फैलियो संक्रमण, नयाँ संक्रमितले बढायो चिन्ता
चीनको पूर्वोत्तरमा तटवर्ती शहर दालियनमा नयाँ संक्रमित भेटिएपछि अब अन्य प्रान्तमा पनि संक्रमण फैलन सुरु भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीले नयाँ संक्रमित भेटिएपछि पुनः प्रतिबन्ध लागू गरेका छन् ।
पहिलो कोरोना संक्रमित गत वर्ष चीनमा नै भेटिएको थियो तर उसले लकडाउन र अन्य कडा नियम लागू गरेर स्थिती नियन्त्रण गरेको थियो ।
तर चीनमा पछिल्लो केही समयदेखि ठाउँठाउँमा संक्रमण फैलिरहेको छ जसका कारण सरकारको चिन्ता बढेको छ ।
मंगलबार चीनमा ६८ नयाँ संक्रमित भेटिएका छन् । अप्रिलपछि यो अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो ।
यीमध्ये ५७ संक्रमित शिन्जियांग प्रान्तका छन् । यस्तै मंगलबार लिएओनिंग प्रान्तको पोर्ट सिटी दालियनमा पनि ६ नयाँ संक्रमित भेटिएका छन् ।
गत हप्ता यहाँ सी–फूड प्रोसेसिङ गर्ने कारखानामा थुप्र्रै व्यक्तिहरु संक्रमित भएका थिए ।
नयाँ संक्रमित मिलाएर दालियानमा संक्रमणका कूल संख्या ४४ भएको छ ।
स्वास्थ्य अधिकारीका अनुसार दालियनबाट निस्किएको संक्रमण देशको पाँच प्रान्तका ९ शहर पुगेको छ ।
यसमा त्यहाँभन्दा १५ सय किलोमिटर टाढा दक्षिण पूर्वी तटीय प्रान्त फुजियान पनि समावेश छ ।
त्यहाँ दालियनका बिना लक्षणका एक बिरामीबाट पत्ता लागेपछि अधिकारीले विशेषगरी बाहिरबाट आउने व्यक्तिहरुको परीक्षणमा कडाई गरेको छ ।
बेइजिङमा पनि मंगलबार एकजना संक्रमित भेटिएका छन् । यसको सम्बन्ध पनि दालियनका एक बिरामीसँग जोडिएको थियो जसमा संक्रमणको कुनै लक्षण थिएन ।
दालियनले मंगलबार यस्तै १२ संक्रमित भेटिएको छ जसमा कुनै लक्षण थिएन ।
चीनभरी अहिले ३९१ संक्रमित अस्पतालमा भर्ना छन् । हालसम्म चीनमा कूल ८३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण