लघुवित्तले हकप्रद निष्काशन गरेर चुक्ता पुँजी पुर्याउन नपाउने
काठमाडौं । लघुवित्त संस्थाहरुले हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी बढाउन नपाउने भएका छन् । । मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्तापुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद शेयर जारी गर्न नदिने नेपाल राष्ट बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गरी लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान नगर्ने उल्लेख गरेको छ ।
पुँजीकोष पर्याप्तता अनुपात नपुगेको कारण माग गरिएको पुँजीयोजना अनुसार पुँजीकोष पर्याप्तता अनुपात कायम गर्ने प्रयोजनका लागि कल इन एडभासन्समा रकम जम्मा गरेका लघुवित्त वित्तीय संस्थाहरु गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो रकमलाई चुक्ता पुँजीमा गणना गरी पुँजीकोष पर्याप्तता अनुपात कायम गर्न सक्ने गरी स्वीकृति प्रदान गर्न सकिने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण