इनफ इज इनफ अभियानका ५ जना सिंहदरबार गेटबाट पक्राउ
बुधबार, १४ साउन २०७७, १३ : ०६
काठमाडौं । विभिन्न माग राख्दै अनसनसहितको दबाबमुलक कार्यक्रम गर्दै आएको इनफ इज इनफ अभियानका ५ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
आफूहरुको मागबारे सरकारलाई दबाब दिन भन्दै बिना पास सिंहदरबारभित्र छिर्न लागेका उनीहरुलाई दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु जबरजस्ती सिंहदरबारभित्र पस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । उनीहरु पाँचै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।
पीसीआर परीक्षणको दायरा बढाइनु पर्ने, आरडीटी परीक्षण बन्द गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्नेलगायतका विभिन्न माग राख्दै इनफ इज इनफ अभियानले दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण