बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इनफ इज इनफ अभियानका ५ जना सिंहदरबार गेटबाट पक्राउ

बुधबार, १४ साउन २०७७, १३ : ०६
बुधबार, १४ साउन २०७७

काठमाडौं । विभिन्न माग राख्दै अनसनसहितको दबाबमुलक कार्यक्रम गर्दै आएको इनफ इज इनफ अभियानका ५ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । 
आफूहरुको मागबारे सरकारलाई दबाब दिन भन्दै बिना पास सिंहदरबारभित्र छिर्न लागेका उनीहरुलाई दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरु जबरजस्ती सिंहदरबारभित्र पस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । उनीहरु पाँचै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । 

पीसीआर परीक्षणको दायरा बढाइनु पर्ने, आरडीटी परीक्षण बन्द गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्नेलगायतका विभिन्न माग राख्दै इनफ इज इनफ अभियानले दबाबमुलक कार्यक्रम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप