ओखलढुंगामा एक जना मृतावस्थामा फेला
बुधबार, १४ साउन २०७७, १६ : ४९
ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मोलुङ खोलामा बुधबार बिहान एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका ३ स्थाई घर भएका अन्दाजी ३१ वर्षीय छबि दाहाल खोलाको किनारमा मृतावस्थामा फेला परेका हुन् । मंगलबार दिउँसो घरपरिवारलाई बिना जानकारी घरबाट निस्किएका उनलाई बुधबार बिहान मृतावस्थामा खोलाको किनारमा आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।
मानसिक सन्तुलन कमजोर भएका दाहाललाई खोलामा मृतावस्थामा फेला पारेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
-
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण