अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
सारांश
- अमेरिकी भिसा आवेदनका क्रममा नक्कली एसएलसी प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रामेछापकी ४१ वर्षीया उषा देवी कँडेल छिन्, जो हाल काठमाडौँको जडीबुटीमा बस्दै आएकी थिइन्।
- नेपालस्थित अमेरिकी दूतावासले एसएलसीको प्रमाणपत्र नक्कली रहेको भन्दै पत्राचार गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
काठमाडौँ। अमेरिकी भिसा आवेदनका क्रममा नक्कली एसएलसी प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ जडीबुटी बस्दै आएकी ४१ वर्षीया उषा देवी कँडेल छिन्।
कार्यालयका अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदनमा पेस गरिएका शैक्षिक प्रमाणपत्रमध्ये एसएलसीको प्रमाणपत्र नक्कली रहेको भन्दै पत्राचार गरेपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा कँडेललाई बिहीबार काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लिखत सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण