जब ईरानले मिसाइल हान्यो, भारत ल्याइँदै गरेको राफेल विमानका पाइलटहरु लुक्न थाले !
एजेन्सी । अमेरिकासँगको बढ्दो तनावका बीच ईरानले संयुक्त अरब इमिरेट्स (युएई)स्थित फ्रान्सको अल धफ्रा एयरबेस नजिकैको समुद्रमा थुप्रै मिसाइल हानेको छ । त्यहीबेला फ्रान्स हुँदै भारत ल्याउन लागिएका ५ वटा राफेल विमान पनि त्यही पार्किङ गरिएको थियो । ती विमानमा भारतीय पाइलटहरु पनि थिए । जब इरानले लगातार मिसाइलहरु हान्न थाल्यो । राफेलका पाइलटहरु सुरक्षित ठाउँमा लुकेका थिए ।
इरानले आफ्ना मिसाइलहरु परीक्षण गरेको अनुमान गरिएको छ । मिसाइल प्रहारपछि फ्रान्सेली एयरबेस र खाडीमा रहेका अमेरिकी सैनिक अड्डाहरुमा पनि अलर्ट जारी गरिएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले मंगलबार बिहान हारमुज स्ट्रेट नजिकै धेरै ब्यालेष्टिक मिसाइलहरु हानेको पुष्टि गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार क्रान्तिकारी गार्डले सैनिक अभ्यासको क्रममा ती मिसाइलहरु परीक्षण गरिएको थियो । मिसाइल परीक्षण गरिएको स्थान फ्रान्सेली र अमेरिकी सैनिक अड्डा नजिकै पर्छ । धेरै मिसाइलहरु समुद्रमा खसेको दृष्य देखिएको थियो ।
इरानी सैन्य अभ्यासको सन्देृश संयुक्त राज्य अमेरिका लक्षित हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ । इरानको पछिल्लो सैन्य अभ्यास र अमेरिकी प्रतिक्रियाले दुई देशहरुबीच युद्धको सम्भावना बढेर गएको देखिन्छ । पछिल्ला ६ महिनायता त्यहाँ दुई देशबीच बढ्दो तनावका दर्जनौ घटना भएका छन् । -दैनिक जागरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण