कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु
पर्सा । कोरोना संक्रमणका कारण पर्सामा बिहीबार थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय बृद्धको बिहिबार मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
नगवाका ३५ वर्षीय युवकको गण्डकस्थित कोभिड अस्पतालको आइशोलेशनमा उपचारका क्रममा बिहीबार बेलुकी ८ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए । ज्वरो आएपछि साउन ५ गते उनलाइ तराई हस्पिटलमा भर्ना गरिएको थियो ।
तराई हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । साउन १३ गते नै कोभिड अस्पतालमा उपचारका क्रममा उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
युवकको मृत्यु बिहीबार बेलुकी ८ बजे भएको भएपनि नारायणी अस्पतालको प्रयोगशालाबाट राति १० मात्रै युवकको पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले जानकारी दिए । यस्तै बिहीबार बिहान वीरगन्ज २ छपकैयास्थित आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।
नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजेतिर प्राप्त रिपोर्टमा मृतकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको उपाध्यायले पुष्टि गरेका हुन् । छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए ।
राती सुतेका बृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि बृद्धको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण