आर्यघाटबाट बावुको शव बरामद, छोरा पक्राउ
काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ५० वर्षीय कृष्ण नेपालीको शव बरामद गरेको हो । छोराले हत्या गरेर दाहसंस्कार गर्न लगेको सुराक पाएपछि शव बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर ललितपुरको कृष्णको छोरा ३० वर्षीय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ । ललितपुरको गोदावरी–६ का कृष्णको शनिवार उपचारको क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भयो । शव आर्यघाट लगियो, गाउँलेलाई मलामी आउन भनियो । तर, गाउँलेभन्दा अगाडी प्रहरी पुगे ।
विहीबार राती मदिरा पिएका कृष्ण र छोरा ३० वर्षीय सन्तोषको बीचमा झगडा भएको थियो । विवाद हुँदा सन्तोषले बुवालाई कुटे । अनि उनी सुत्न गए । शुक्रबार साँझसम्म बावु नउठेपछि उनले नेपाली सेनामा कार्यरत दाइलाई ‘बावु बिरामी भएको’ जानकारी गराए । अनि, दाईको सल्लाहमा पाटन अस्पताल लगे । टाउकोमा चोट लागेका कृष्णलाई पाटनले छाउनी अस्पतालमा रिफर गरेको थियो । छाउनीमा उनको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण