ब्राजिलमा २४ घण्टामा १ हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु
एजेन्सी । ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ ।
ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो शहर सबैभन्दा बढी प्रभावित शहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति सङ्क्रमित रहेका छन् भने २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी सङ्क्रमित रहेका टन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ ।
विश्वव्यापी महामारीका कारण विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक अमेरिका हो भने तेस्रो धेरै सङ्क्रमित रहेको मुलुक भारत हो । यसबाहेक रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, इरान, कोलम्बियामा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ । सङ्क्रमणका कारण मृत्यु बढी भएका मुलुकहरूमा मेक्सिको, बेलायत, इटली, फ्रान्स र भारत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण