जर्मनीमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध विशाल प्रदर्शन
आइतबार, १८ साउन २०७७, २३ : ००
एजेन्सी । जर्मनीमा कोरोना महामारीविरुद्ध सरकारले लगाएको प्रतिबन्धका विरुद्ध विशाल प्रदर्शन भएको छ । सरकारको सो कदमविरुद्ध राजधानी बर्लिनमा शनिबार विशाल प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले सो विरोधलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले सरकारले कोरोना महामारीमा मास्क लगाउन अनिवार्य गर्नु र अनुहार ढाकेर हिँड्न वाध्य पारिनु मानवअधिकार हनन् भएको आरोप लगाएका छन् ।
शनिबार बर्लिनको ब्राडेनबर्ग गेट नजिकै हज्जारौं व्यक्तिहरुले प्रदर्शन गरेका थिए । यद्यपि, आन्दोलन भने शान्तिपूर्ण थियो भने केही व्यक्तिले मास्क लगाएर सामाजिक दूरी कायम गरिएको पनि देखिन्थ्यो । प्रर्दशनमा केही व्यक्तिले महात्मा गान्धीको विशाल तस्बिर समेत बोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण