१७ दिनदेखि अनसनरत ईः अस्पताल भर्ना
सोमबार, १९ साउन २०७७, १४ : ३२
काठमाडौं । विभिन्न माग राख्दै अनसनरत इनफ इज इनफ अभियानका ईः अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने लगायतका माग राख्दै बसन्तपुरमा १७ दिनयता अनसनरत उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएको बताइएको थियो । यसअघि पनि उनीलगायत पाटनमा अनसन बसेको भएपनि स्वास्थ्य मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडिएको थियो । तर माग पूरा नभएपछि उनी फेरि अनसनमा बसेका हुन् । अभियानको अनसनमा विभिन्न राजनीतिक दलका नेताहरुले एक्वेबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भनेजस्तो संसदीय समिति गठन गर्न नसकिनेमा तीन नेता एकमत
-
लुम्बिनी विकास कोषका सल्लाहकार सिद्धार्थ गुरुङ पक्राउ
-
‘बजेट’ राजनीतिक दस्तावेज कि प्राविधिक अङ्कगणित ?
-
कांग्रेसका भ्रातृ संस्थाले गरे सहकारी ठगीविरुद्ध आन्दोलन घोषणा
-
‘भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन’
-
कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन