घुससहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पक्राउ
सोमबार, १९ साउन २०७७, १८ : ०८
बुटवल । अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ । आयोगले उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको नगद रकम रु.३,४८,००० (तीन लाख ४८ हजार ) र विभिन्न मितिको बैंक भौचर रकम रु.५,५०,००० (पाँच लाख पचास हजार) सहित रुपन्देहीको सालझन्डीबाट आयोगको बुटवल कार्यालय टोलीले नियन्त्रमा लिएको हो ।
उनीहरु निकुञ्ज कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अदुअआको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता सुरेश भुसालले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख
-
सभापति चयन गर्न बागमती प्रदेशसभाका चार संसदीय समितिको बैठक बस्दै
-
भोलिसम्म सदनको अवरोध हट्ने छ : प्रधानमन्त्री
-
ज्याभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी
-
सुन १४ सयले बढ्दा चाँदीको मूल्य पनि उकालो
-
च्याउ खेतीमा २५ करोड लगानी : नेपाली भान्सामा परिचित बन्दै ‘राजा च्याउ’