सप्तरीमा कोरोनाको लक्षण देखिएका ३ जनाको मृत्यु
जनकपुर । सप्तरीमा कोरोना संक्रमितमा देखिने लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टिनमा रहेका १ जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जनाको मृत्यु भएको हो ।
डेढ महिनापूर्व मलेसियाबाट आएका सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएका उनको मंगलबार राती बाटोमै मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।
त्यस्तै, निजी अस्पतालमा उपचार गराइरहेका अन्य २ जनाको मृत्युबारे आफुहरुलाई विस्तृत जानकारी नरहेको मेसु डा.झाले बताए । मृतक ३ जनाको स्वाब संकलन गरि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको डा. झाले बताए । लक्षण देखिएका ४५ वर्षीय पुरुषको मृत्यु भएपछि उनका परिवारले शव घर लगेका थिए । पछि अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि प्रहरीले शव आफ्नो जिम्मामा लिएको छ ।
त्यस्तै नीजि अस्पतालमा मृत्यु भएका २ जनामध्ये १ जनाको शव अस्पतालमा रहेको र अर्का १ जनाको शव अस्पतालले आफुहरुलाई जानकारी नदिई परिवारजनको जिम्मा लगाएको थियो । तर पछि प्रशासनकै सहयोगमा उनको शव समेत प्रहरीकै जिम्मामा राखिएको मेसु डा. झाले जानकारी दिए । सप्तरीमा अहिले कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण