कोरोनाबाट सजग रहन कलाकारलाई संघको अनुरोध
काठमाडौं । कोभिड १९ (कोरोना) को कहर दिन प्रतिदिन बढ्दो रहेकोले नेपाल चलचित्र कलाकार संघले सर्वसाधारण तथा विशेष रुपमा सदस्यहरुमा सावधानी अपनाउन अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै संघले कोरोनाको जोखिमवाट बच्न मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, सावुन पानीले हात धुन, भीडभाड भएको ठाउँमा नजान नगर्न अति आवश्यक काम बाहेक घर बाहिर नस्किन समेत अनुरोध गरेको छ ।
‘लकडाउन हटेतापनि स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदायलाई नै संक्रमित बनाउने जोखिम बढिरहेको छ । यसो हुनुमा हामी आफैैं संक्रमणवाट जोगिन अप्नाउनुपर्ने उपायलाई गम्भिरतापूर्वक पालना गरिरहेका छैनौै’ संघका उपाध्यक्ष मोहन निरौलाको हस्ताक्षर रहेको विज्ञप्तीमा अगाडि भनिएको छ– ‘यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणवाट बचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउँछ । संक्रमणवाट आफु पनि बच्न र अरुलाई पनि बचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ ।’
कोरोनाको प्रकोपको संक्रमणकालमा संघले राहतको विभिन्न सेवा प्रदान गरेको समेत जानकारी दिइएको बिज्ञप्तीमा अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिबद्व रहेको समेत जनाइएको छ । संघले आफ्ना सदस्यहरुमा समस्या र अप्ठ्यारा भएमा जानकारी गराउन अनुरोध गर्दै संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण