लेवनानको राजधानी बेरुतमा संकटकाल घोषणा
बुधबार, २१ साउन २०७७, २३ : ३९
एजेन्सी । मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद बैडकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो ।
उक्त विष्फोटपछि अब देशका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न समेत स्टक नभएको बताइएको छ । विष्फोटमा परेर एक सयजना भन्दा बढीको मृत्यु भएको जनाइएको छ भने ४ हजारजना भन्दा बढी घाइते भएका छन् । बुधबार त्यहाँका सूचनामन्त्रीद्वारा जारी विज्ञप्ति अनुसार उक्त गोदाममा २७५० टन अममोनियम नाइट्रेट राखिएको थियो । अतिशवाजी पछि गोदाममा आगलागी भएर विष्फोट भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण