बेरुत विस्फोटः नेपाली सकुशल
काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् । मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १३५ जनाको मृत्यु हुुनाका साथै चार हजारभन्दा बढी घाइते भएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण