सूर्य नेपालले ल्यायो नयाँ ‘मंगलदीप त्रिसारा’ अगरबत्ती

काठमाडौं । सूर्य नेपालले ‘मंगलदीप त्रिसारा’ नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । गुणस्तरीय उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ निकै नै लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ ।
मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकहरुसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै कम्पनीले ‘मंगलदीप त्रिसारा’ नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको हो ।
त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् । त्रिसाराको प्रति प्याक मूल्य रु. १०० कायम गरिएको छ र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । जिप लकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समय सम्म टिक्ने जानकारी कम्पनीले गराएको छ । त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको छ ।
सूर्य नेपालले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिराखेको छ ।
मंगलदीप अगरबत्तीले हाल राष्ट्रका ेअगरबत्तीमा व्याप्त परनिर्भरता कम गरि देशको राजश्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ । नेपालको साँस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेशमै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक अर्थतन्त्र सबै ‘कालोधन’ होइन : महासचिव पोखरेल
-
बागमती नगरपालिकाका मेयर र उपमेयर मुछिएको दुई भ्रष्टाचार मुद्दामा आज सुनुवाइ
-
राजधानीको बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ
-
युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु
-
राजनीतिक नैतिकता भनेको के हो ?
-
न्यायाधीश नियुक्तिमा सधैँ सकस, कहाँ अड्किन्छ गाँठो ?