सोलु खोलामा पानीको बहाव उच्च
सोलुखुम्बु । दूधकुण्ड ताल मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका बासिन्दाले बताएका छन् । सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर नदी बस्तीमा प्रवेश गरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए । शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक बढेको छ । मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नाले जोखिम महसुस भएको उनको भनाइ छ ।
गएराति ठूलो स्वरमा आवाज आए पनि कुन ताल फुटेको हो या पहिरो गएको भन्ने यकिन नभएको दूधकुण्ड क्षेत्रमा रहनुभएका लाक्पा लामाले बताए । दूधकुण्ड पोखरी र अन्य दर्जनौं साना पोखरीबाट बग्ने खोलाको सङ्गमस्थल शहर बेनीभन्दा माथिबाटै धमिलो खोला आएको उनको भनाइ छ ।
“कुन पोखरी फुट्यो, त्यो त थाहा भएन, राति चाहिँ ठूलो आवाज आएको हो”, लामाले भने, “हामीलाई पनि रात बिताउन गाह्रो भयो, अहिले सल्लेरीतर्फ झर्दैछौँ ।” नदीको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसँग घटेको भए पनि वास्तविकता भने पत्ता लगाउनुपर्ने उनको भनाइ छ ।
खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए । “जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भने, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छौं ।”
बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा विद्युत्गृह क्षेत्रसमेत जोखिममा परेको बताइएको छ । यस्तै २३.५ मेगावाट क्षमताको माथिल्लो सोलु हाइड्रोपावरमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ । कारणवश खोलामा बाढी आएका खण्डमा कम्तीमा तीन बस्तीका हजारौं नागरिक विस्थापित हुनेछन् ।
जिल्ला सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा दूधकुण्ड पोखरी पर्छ । उक्त पोखरीको तलतिर विगत १० वर्षदेखि सानोसानो पहिरो खस्ने क्रम जारी रहेकाले ताल जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाइ छ । समयमा नै तालको संरक्षण नगरे जोखिम बढी हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण