विश्व स्वास्थ्य संगठनले लेबनानमा स्वास्थ्य सहायता सामग्री पठायो
एजेन्सी । विश्व स्वास्थ्य संगठनले बेरुतमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । पछिल्ला केही दिनमा लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ ।
लेबनानको राजधानी बेरुतमा गत मंगलबार भएको शक्तिशाली विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको र सो कार्य वर्तमान सरकारको असक्षमताका कारण हुन पुगेको भन्दै लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका छन् ।
उनीहरुले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका छन् । उनीहरुले लगातार दोस्रो दिनसम्म सोमबार पनि विरोध प्रदर्शन गरेका थिए । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए ।
लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको छ भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानम गेब्रियोसले जनाएअनुसार दुबइमा रहेको विश्व स्वास्थ्य संगठनको भण्डारणबाट लेबनानमा सामग्री पठाइएको छ । विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।
उनले करिब १७ लाख अमेरिकी डलर बराबरका औषधी अन्य सामग्रीहरु पठाइएको जानकारी दिए । उनले अहिले लेबनानमा अप्ठेरो अवस्था आएकोले यस्तो बेलामा नागरिकको स्वास्थ्य जोखिममा नपरोस् भनेर उक्त सहायता पठाइएको जानकारी दिए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण