कंगना रनौतको निशानामा आइन् दीपिका पादुकोण, रणबीरलाई लगाइन् यस्तो आरोप
नायिका कंगना रनौत आजकाल आफ्नो फिल्मका लागि नभई आफ्नो तिखो बयानका कारण चर्चामा छिन् । सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार कंगना बी टाउनका दिग्गजमाथि आफ्नो बयानमार्फत् हमला गरिरहेकी छिन् । अब कंगना रनौतले नायक रणबीर कपुर र नायिका दीपिका पादुकोणको निशानामा पारेका छिन् ।
कंगना रनौतको टिमको ट्वीटरमा एक बयान सेयर गर्दै रणबीर कपुर र दीपिका पादुकोणविरुद्ध यस्तो लेखेकी छिन् जुन पढ्दा तपाईं पनि अचम्ममा परिरहनुभएको छ । कंगनाले रणबीर कपुरलाई ‘स्कर्ट चेजर’ बताएकी छिन् जबकी दीपिका पादुकोणलाई ‘साइको’ बताएकी छिन् ।
Ranbir Kapoor is a serial skirt chaser but no one dare call him a rapist, Deepika is a self proclaimed mental illnesses patient but no one calls her a psycho or a witch,this name calling is reserved only for extra ordinary outsiders who come from small towns and humble families. https://t.co/gJ2AFWtxYK
— Team Kangana Ranaut (@KanganaTeam) August 9, 2020
वास्तवमा कंगनाको समूहले यो ट्वीट एक प्रयोगकर्तालाई जवाफ दिँदै लेखेकी हुन् । कंगना रनौतको टीमले लेखेको छ, ‘रणबीर कपुर एक सिरियल स्कर्ट चेजर हुन् तर कसैले पनि उनलाई बलात्कारी भन्दैन । दीपिका मानसिक रोगी हुन् तर कसैले उनलाई साइको वा बोक्सी भन्दैन । यस्तो नाम त सामान्य बाहिरी व्यक्तिका लागि आरक्षित छ जो सानो शहर र विनम्र परिवारबाट आएका हुन्छन् ।’
केही दिन अघि कंगनाले एक बयानमा भनेकी थिइन्, ‘यदि म आफ्नो घरमा झुण्डिएको अवस्थामा भेटिएँ भने बुझ्नुहोस् कि मैले आत्महत्या गरेकी होइन ।’ उनको यो बयानले सनसनी मच्चाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण