राप्रपामा सुझाव प्रतिवेदन पेश गर्न समिति गठन
बुधबार, २८ साउन २०७७, १५ : १८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसम्बन्धि आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न ६ सदस्यीय सुझाव समिति गठन गरेको छ । बुधबर बसेको सो पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न समिति गठन गरेको सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र धुर्ववहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समितिलाई सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ । समितिमा दिपक बोहोरा,बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन् । २०७६ साल फागुन २४ एकताको १० बुँदे आधारपत्रमा तीन अयक्षले हस्ताक्षर गरेका थिए । त्यसपछि फागुन २९ गते एकता घोषणा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण