युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् ।
कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ । शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।
४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन ।
शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो । सन २०१९ को एक वर्षको अवधिमा युएईमा जम्मा १ सय ५ जनाको मृत्यु भएको थियो भने सन २०१८ वर्षभरिको अवधिमा १ सय ३ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत