प्रहरी चौकीभित्रै मृत फेला
बुधबार, २८ साउन २०७७, १७ : २६
कैलाली । धनगढी उपमहानगरपालिका फुलबारीमा रहेको सीमा प्रहरी चौकी बौलियामा १ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा १४ फुलबारीका अन्दाजी वर्ष ४६ का अमरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनलाई मदिरा सेवन गरि बन्चरो र हसिया लिएर गाउँलेलाई तर्साउने गरेको सूचनाको आधारमा पक्राउ गरि प्रहरी चौकी बौलियामा ल्याएको विष्टले बताए ।
आज दिउँसो १२ः४० बजे पिसाब फेर्न जाने भन्दै टवाईलेट गएका उनलाई मृत भेटिएको उनले बताए । उनको साथमा बिलेट भेटिएको र मुखबाट रगत आइरहेको समेत उनले बताए । आजै उनलाई पोस्टमार्टमका लागी सेति प्रादेशिक अस्पतालमा लगिएको विष्टको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण