बर्दियामा निषेधाज्ञा तीन दिन थप
बिहीबार, २९ साउन २०७७, १६ : ०१
बर्दिया । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।
बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना देखिएकाले त्यहाँका कर्मचारीको तत्काल पिसिआर परीक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदासम्म बैंक बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण