लामो समयपछि पुनः हसाउँदै छन् सुनिल ग्रोवर, सेयर गरे नयाँ कार्यक्रमको प्रोमो
शुक्रबार, ३० साउन २०७७, १६ : २३
हास्यकलाकार सुनिल ग्रोवरको ठट्टा मन नपर्ने सायदै कोही होलान् । उनी एक कलाकारमात्रै नभई एक यस्ता पात्र हुन् जो हरेक पटक दर्शकको अनुहारमा मुस्कान ल्याउन सफल हुन्छन् । लामो समयदेखि सानो पर्दाबाट टाढा भएका सुनिल ग्रोवर एकपटक पुनः आफ्ना दर्शकलाई हँसाउन तयार छन् । सुनिल चाँडै नै नयाँ कार्यक्रममा देखिने भएका छन् ।
स्टार भारतमा ग्याङ्ग्स अफ फिल्मिस्तान नामको नयाँ कार्यक्रम सुरु हुँदैछ । कार्यक्रममा सुनिल ग्रोवरसँग शिल्पा शिन्दे, सुगन्धा मिश्रा, सिद्धार्थ सागर, उपासना सिंह र जतिन सुरीजस्ता कलाकार देखिनेछन् । शोको पहिलो प्रोमो रिलिज भइसकेको छ । प्रोमोमा देखिए अनुसार यसपटक सुनिल ग्रोवर निकै भिन्न अन्दाजमा देखिएका छन् । उनी एक डनको भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण