शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन्तान जन्माएपछि यी चर्चित बलिउड अभिनेत्रीले छोडिदिए अभिनय

आइतबार, ३२ साउन २०७७, ११ : १९
आइतबार, ३२ साउन २०७७

एजेन्सी – बलिउड अभिनेत्रीहरुमा केही अभिनेत्रीले सन्तान जन्माएपछि अभिनय छोडिदिए । 

ऐश्वर्या राय
ऐश्वर्या राय बच्चन विश्वमै मनोरञ्जनको दुनियाँमा चर्चित नाम रहेको छ । उनको सुन्दरताको तारिफ  नगर्ने सायद कोहि होला । उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । तर उनले छोरी आराध्याको जन्मपछि बलिउड उद्योगमा खासै देखिन  छोडिन् । उनले छोरीको जन्मपछि केही फिल्ममा मात्र काम गरिन् । 

सोनाली बेन्द्रे 
सोनाली बलिउडकी ती अभिनेत्रीहरुमध्येकी एक अभिनेत्री हुन् जसले छोराको जन्मपछि फिल्म दुनियाँबाट दुरी बनाइन् । उनले विवाहपछि थोरै मात्रै फिल्ममा काम गरिन् त्यसपछि उनले छोराको जन्मपछि झनै फिल्म दुनियाँबाट नै टाढा जाने फैसला गरिन् । उनी रियालीटी शोहरुमा कहिलेकाँही देखिन्छिन् । 

नितु सिंह 
चर्चित अभिनेता ऋषि कपूरकी पत्नी समेत रहेकी अभिनेत्री नितु सिंहले सानो उमेरदेखि नै  फिल्म क्षेत्रमा कदम राखेकी थिइन् । उनले विवाह हुनेवित्तिकै फिल्म क्षेत्रबाट टाढिने निधो गरिन् । उनले रणवीर कपूर र रिद्धिमा कपूरको हेरचाहमा समय बिताइन् । 

ट्विङ्कल खन्ना
उनी पनि बलिउडकी चर्चित अभिनेत्री हुन् । विवाह अघि र सन्तानलाई जन्म दिनुअघि थुप्रै चर्चित फिल्ममा अभिनय गरेकी खन्नाले विवाह पछि बलिउड छोडिन् र दुई बच्चाको स्याहारमा लागिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप