कोरोना संक्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएका व्यक्तिको मृत्यु
वीरगन्ज – कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा नबित्दै वीरगन्जमा एकजनाको शंकास्पद मृत्यु भएको छ ।
नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको मृत्यु भएको हो ।
नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई थप उपचारको लागि राम्रो अस्पतालमा भर्ना गर्न कोबिड अस्पतालका चिकित्सकले सल्लाह दिएका थिए ।
कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले कलवारलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले कलवारलाई कोभिड अस्पतालबाट डिस्चार्ज भएपछि वीरगन्जमै रहेको नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए ।
उपचारकै क्रममा शनिबार राति साढे ११ बजे कलवारको मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले बताए छन् । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमा परिवारजनलेशंका उत्पन्न भएको छ ।
मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् । मृतकको साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शव नारायणी बयोधा अस्पतालमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण