रिलिज भयो ‘सडक टु’ को पहिलो गीत, पुनः डिसलाइकको वर्षा
रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ । समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डिसलाइक गरेका छन् ।
यो गीतले आदित्य रोय कपुर र आलिया भट्टको पात्रलाई नजिकबाट चिन्ने मौका प्रदान गर्छ । तर एक हदसम्म यो गीतको भिडियो निराश पारिदिने किसिमको छ किनभने यहाँ आदित्य रोय कपुरको भूमिका दोहोरिएको जस्तो देखिन्छ ।
‘तुम से ही’ मा आदित्य रोय कपुर एक तनावमा भएका गायकको रुपमा छन् जुन आशिकी टुमा अत्यधिक रक्सी पिइरहेको देखिन्थे । तर यो गीतमा उनी एक्लोपनसँग जुधिरहेको देखिएका छन् । जस्तै राहुल जयकरले ‘आशिकी टु’ मा प्रेमिका आरोहीसँग दुरी बनाए त्यसरी नै ‘सडक टु’ मा उनी प्रेमिका अरायासँग टाढा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण