नागरिक लगानी कोषले हकप्रद शेयर निश्काशन गर्दै, बिक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट
सोमबार, ०१ भदौ २०७७, १५ : ५५

काठमाडौं । नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ ।
प्रति शेयर रु. १०० दरले १,३५,९२,५९२ कित्ता हकप्रद शेयरको रु १,३५,९२,५९,२०० (एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुइ सय) रकम बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरवीवी मर्चेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरिएको छ ।
हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरवीवी मर्चेन्ट बैङ्किङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागु औषधसहित ५ जना पक्राउ
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य