कपिलवस्तुमा नाली सफा गर्ने विषयमा कुटाकुट, १ जनाको मृत्यु
बुटवल । कपिलवस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनामा स्थानीय ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन् ।
उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारको झै झगडापछि कुटाकुट भएको थियो ।
विवादमा ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय विजय चमार पनि संलग्न भइ पासी परिवारलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीेले नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण