बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु
सोमबार, ०१ भदौ २०७७, १९ : २३
बैतडी । सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा सोमबार अपराह्न दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावड रहेका छन् ।
देहीमाण्डौँ–गिरेगडा सडकखण्डअन्तर्गत सुन्दरखालीमा हिम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । पाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा आज खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको हो । उनले भने, “खेल्नका लागि सडकमा जम्मा भएका पाँच÷६ जनामध्ये एक जना पहिला खाल्डोमा गएका रहेछन्, उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेका भन्ने खुल्न आएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण