कोरोना संक्रमण फैलिँदै गएपछि रुपन्देहीमा भदौ ७ सम्म ‘लकडाउन’
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका अन्य गतिविधि गर्नमा रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्लाभर अत्यावश्यक सेवाबाहेक अन्य कामकारबाही गर्न रोक लगाइएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले आजदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि कोभिड १९ को रोकथामलाई प्रभावकारी बनाउन तथा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न लकडाउनको निर्णय गरिएको हो ।
बैठकले खुल्ला स्थानमा मानिसहरुको भेला हुन, भीडभाड गर्न र सभा तथा जुलुस गर्न रोक लगाएको छ । यस्तै, जात्रा तथा महोत्सव संचालन गर्न, दैनिक हुने नृत्य पुजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि गर्न, उद्योग, व्यापार र व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका गतिविधि गर्न, चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटमा समेत रोक लगाइएको छ ।
यसैगरी शैक्षिक संस्थाहरु संचालन गर्न पनि रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरंजनस्थल, शैलुन, व्युटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय लगायत संचालनमा पनि रोक लगाइएको छ । फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलमा संचालन हुने विभिन्न व्यवसाय र कवाडी संकलनमा समेत रोक लगाएको छ ।
प्रशासनले निषेध गरेको क्रियाकलाप गरेमा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कारबाही हुने बताइएको छ ।
अहिले जिल्लाका १६ वटै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । खासगरी सिद्धार्थनगर र बुटवल उपमहानगरपालिकामा संक्रमित दिनहुँ बढेका छन् । जिल्लामा राजनीतिक दलका नेतादेखि बैंक तथा निजामति कर्मचारी, सर्वसाधारण, व्यवसायी, मजदुर, स्वास्थ्यकर्मी समेत संक्रमित भइसकेका छन् । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि रुपन्देही संक्रमणको उच्च जोखिममा रहेको जनाकारहरु बताउछन् । केही स्थानीय तहहरुले यसअधि नै लकडाउन गरिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण