मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

टिभीएस रेसिङ्ग अपाचे आरटीआर २०० ४भीको नयाँ संस्करण सार्वजनिक

मङ्गलबार, ०२ भदौ २०७७, १७ : ४८
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । टिभीएस मोटरले अत्याधुनिक प्रविधिको सुविधा सम्पन्न अपाचे आरटीआर२०० ४भी को नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ।

नेपालमा टिभीएस मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्र्याउने गरेको छ।

स्मार्ट सुविधाहरु भएकाले साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै यो मोटरसाइकल बिभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो।

लाइभ स्मार्ट लन्च 

जगदम्बा मोटर्सको आधिकारिक यूट्युब च्यानल, फेसबुक रईन्स्टाग्राम पेजसँगै लगभग १०० भन्दाबढी अन्य लोकप्रिय यूट्युब च्यानल र फेसबुक, ईन्स्टाग्राम पेजमार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

जसमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नयाँ स्मार्ट अपाचे आरटीआर २०० ४भी एबीएस वीथ स्मार्ट कनेक्ट अनावरण गरेका थिए ।

यसैगरी, उक्त कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन बिभिन्न कलाकारहरु स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राइले आफ्ना गीतहरुका साथ रमाइलो प्रस्तुति दिएका थिए । कार्यक्रममा कलाकार बर्षा राउत तथा राइडरसागरको पनि उपस्थिती थियो ।

टिभीएस अपाचे आरटीआर २०० ४भी को यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ। यस मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्नबाईटर्न नेभिगेसन, लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ । जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ। साथै मोटरसाइकलमा एबीएस वीथ आरएलपी रियर ह्वील लिफ्ट फेदर टच स्टार्ट, रेडिएल टायर, एलइडी हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्ता सुविधासमेत रहेका छन् । 

नयाँ स्मार्ट मोटरसाइकल अनावरण पश्चात आफ्नो धारणा व्यक्त गर्ने क्रममा पूर्व क्रिकेटरकप्तान पारस खड्काले भने, ‘अपाचे नेपालको मार्केटमा लामो समयदेखि रहिआएको छ र यसको २००सीसीको संस्करण एकदमै उत्कृष्ठ रहेको छ।म आफैँ पनि लामो समयदेखि टिभीएससँग आवद्ध रहि आएको र यसले नेपाली क्रिकेटको विकासमा पनि ठूलो भूमिका खेल्दै आएको हुनाले यो नयाँ स्मार्ट मोडल आफैँ अनावरण गर्न पाएकोमा ज्यादै खुशी लागेको छ ।’

त्यसैगरी, मोटरसाइकल सार्वजनिक कार्यक्रम बारे बोल्दै टिभीएस मोटरका कार्यकारी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवासय प्रमुख दिलिपलेभ भने, ‘नेपालमा सुविधा सम्पन्न अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करण भित्र्याउन पाएकोमा हामी एकदम खुशी भएका छौं। यो मोटरसाइकल नेपालका अपाचे मन पराउनेलाई खुशी बनाउने हाम्रो प्रतिवद्धताको एउटा प्रमाण रहने छ।’ 

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवालले ूजगदम्बा मोटर्स मूल्यवान ग्राहकहरुका लागी नयाँ र आविष्कारी सामाग्रीहरु ल्याउनमा पूर्णरुपमा प्रतिवद्ध रहेकाको बताए । उनले यो अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करण नयाँ सुविधाहरू, शैली र प्रदर्शनको एक सर्वश्रेष्ठ संयोजन रहेको बताए। 

अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करणमा १९७.७५ सीसी एकल सिलिण्डर ४स्ट्रोक, ४ भल्भ आयल कुल्ड इन्जिन मोटर रहेको छ । जसले ८५०० आरपीएममा २०.५ पीएस ७०००  आरपीएममा १८.१  एनएम पावर उत्पादन गर्दछ। 

यो मोटरसाइकल दुर्इ ओटा मनमोहक रङ्गहरु साइनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुनेछ।

नेपालमै पहिलोपटक नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवावर्गको चाहनाको मध्यनजर गर्दै स्मार्ट कनेक्ट मोटरसाइकल भित्र्याएकोहो।नेपाली बजारमा अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करण नेपालभरीका सम्पूर्ण शोरूमहरुमा उपलब्ध छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप