इन्भेष्टमेण्ट बैंक र वायरबारली बीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता
काठमाडौं । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबारली बीच विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ ।
यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आनो खाता प्रयोग गरी वायरबारलीको मोबाइल एप मार्फत अनलाइन पोर्टल प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । वायरबारलीको मोबाइल एप गुगल प्लेस्टोर, एपस्टोरबाट डाउनलोड गरि आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिन्छ ।
वायरबारलीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबारलीमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।
कोभिड–१९को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायरबारलीको मोबाइल एप तथा अनलाइन पोर्टल प्रयोग गर्न सकिन्छ ।
देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र वायरबारली बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको बैंकले बताएको छ ।
यस अघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरु सँग सम्झौता गरि कारोवार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण