इन्भेष्टमेण्ट बैंक र वायरबारली बीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता

काठमाडौं । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबारली बीच विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ ।
यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आनो खाता प्रयोग गरी वायरबारलीको मोबाइल एप मार्फत अनलाइन पोर्टल प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । वायरबारलीको मोबाइल एप गुगल प्लेस्टोर, एपस्टोरबाट डाउनलोड गरि आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिन्छ ।
वायरबारलीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबारलीमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।
कोभिड–१९को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायरबारलीको मोबाइल एप तथा अनलाइन पोर्टल प्रयोग गर्न सकिन्छ ।
देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र वायरबारली बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको बैंकले बताएको छ ।
यस अघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरु सँग सम्झौता गरि कारोवार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला
-
लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्ण : सभामुख घिमिरे
-
कोशीमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री
-
समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा दाहाल
-
वीरगञ्जमा अवैध प्रवेश रोक्न ‘स्पेसल डग’ परिचालन