यार्न एण्ड टेक्सटायल एक्सपो हुने
बुधबार, २८ भदौ २०७४, १८ : १८
काठमाडौं–नेपाल धागो उत्पादनक संघको आयोजनामा भदौ ३० गतेवाट असोज ३ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ‘नेपाल यार्न एण्ड टेक्सटायल एक्सपो’ हुने भएको छ ।
नेपालमा उत्पादित धागोवाट तयार गरेका सामाग्री, कपडा, होजियारी, सटिङसुटिङ, निटिङ लगायतका वस्तुलाई समेटेर यो मेला आयोजना भएको आयोजकले जनाएको छ ।
ती उद्योगलाई आवश्यक पर्ने वस्तुको उपलव्धता, जानकारी र प्रदर्शनी एक्सपोमा हुनेछ । नेपालमा धागो उत्पादक संघका अनुसार हाल पोलिस्टर, भिस्कोस, सुती, एक्रेलिक, मिलान्ज लगायत बार्षिक ४० हजार मेट्रिक टन धागो उत्पादन हुदै आएको छ ।
यो उत्पादन मध्ये ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । धागो तथा कपडा उद्योगले प्रत्यक्ष ५० हजारलाई रोजगारी दिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण