सिरहामा १० प्रहरीसहित २४ जनामा कोरोना संक्रमण
सिरहा । सिरहमा बुधबार थप २४ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ्का आधारमा गरिएको पीसिआर रिपोर्टअनुसार इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जना सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, कन्ट्याक्ट ट्रेसिङकै आधारमा सिरहा नपा माडरमा पनि १ जना प्रहरी सहित ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । नरहा गापाको क्वारेन्टाइनमा रहेका १ जनामा पनि कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित हुनेमा ४ महिला र २० जना पुरुषहरु रहेका छन् । उनीहरु सबै ११ देखि ७० वर्ष उमेर समूहका रहेका छन् । जिल्लामा अहिलेसम्म २ सय ९८ जना कोरोना कोरोना संक्रमित भएका छन् । जसमध्ये २ सय १० जना निको भएर घर फर्केका छन् भने ८६ जनाको उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार ९ सय २८ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण