बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा १० प्रहरीसहित २४ जनामा कोरोना संक्रमण

बुधबार, ०३ भदौ २०७७, २३ : ३२
बुधबार, ०३ भदौ २०७७

सिरहा । सिरहमा बुधबार थप २४ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ्का आधारमा गरिएको पीसिआर रिपोर्टअनुसार इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जना सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो ।  

त्यसैगरी, कन्ट्याक्ट ट्रेसिङकै आधारमा सिरहा नपा माडरमा पनि १ जना प्रहरी सहित ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । नरहा गापाको क्वारेन्टाइनमा रहेका १ जनामा पनि कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

संक्रमित हुनेमा ४ महिला र २० जना पुरुषहरु रहेका छन् । उनीहरु सबै ११ देखि ७० वर्ष उमेर समूहका रहेका छन् ।  जिल्लामा अहिलेसम्म २ सय ९८ जना कोरोना कोरोना संक्रमित भएका छन् ।  जसमध्ये २ सय १० जना निको भएर घर फर्केका छन् भने ८६ जनाको उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार ९ सय २८ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप