मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः जडान गर्नुपर्ने बताएका छन् । कम्पनीले गेटको फ्रेम अर्को बनाउने भएको छ ।
खानेपानी मन्त्रालयका अनुसार पीआईएल कम्पनीले मेलम्ची अध्ययन गरेपछि गेटको फ्रेम परिवर्तन गर्न सहमत भएको हो । चारवटा गेटका फ्रेम परिवर्तन गर्नुपर्ने भएको छ । ती फ्रेम कम्पनीले भारतमा निर्माण गरिरहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।
उहाँका अनुसार कम्पनीका सिनियर डिजाइनरहरू आएर मेलम्ची भिजिट गरे, एउटा समूह फर्किसक्यो, भित्रबाट खुल्ने गरी डिजाइन भएको गेट बाहिरबाट खुल्ने गरी जडान गरेपछि दुर्घटना भयो, अब अर्को डिजाइनसहितका फ्रेम आउने छन् ।
उनका अनुसार फ्रेम छिट्टै ल्याउने गरी काम भएको छ । हाल जडान भएका फ्रेम यथावत नै राखी त्योभन्दा अलिकति भित्री भागमा नयाँ फ्रेम जडान गरिने छ । सुन्दरीजलको गेटको फ्रेम पनि परिवर्तन गरिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण