किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गर्नुभएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ ।
मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण ‘रूग्ण’ बनेको अर्थव्यवस्थाको सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउन अधिवेशन बोलाइएको उल्लेख गरिएको छ ।
प्योंङयाङ स्रोतका अनुसार केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्नुका साथै उत्तर कोरियाली जनताको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको छ ।
बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ ।
उत्तर कोरियामा किमको नेतृत्वमा प्रतिबन्धित आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमहरूको द्रुत विकास भएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अमेरिका, यूरोपेली संघ (ईयू) र अन्य शक्तिहरूले प्योङयाङमाथि प्रतिबन्ध लगाइरहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण