सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेकपाका दुई केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

शुक्रबार, ०५ भदौ २०७७, १३ : ३२
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको हो । वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् ।

केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए । उनले आफुलाई कुनै लक्षण नदेखिएको र घरमै आइसोलेसनमा बसेको रातोपाटीलाई जानकारी दिए । त्यस्तै वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप