बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ ।
कोभिड–१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको यो औषधि नेपाल ल्याउन अनुमति नहुँदा यसअघि पनि लुकिछिपी ल्याएर प्रयोग गरिएको थियो ।
औषधि व्यवस्था विभागले साउन ३१ मा सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादित ‘रेम्डेसिभिर’ आयात गर्न अनुमति दिएको थियो । यो औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि अनुमति दिइसकेको छ । आयात अनुमति प्राप्त भएपछि नेपाली आयातकर्ताले शुक्रबार नै ‘रेम्डेसिभिर’ औषधि ल्याइसकेका छन् ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार भारतका तीनवटा कम्पनीमा उत्पादित दुई÷दुई हजार भाइल औषधि (खोप) ल्याउन अनुमति दिइएको छ । भारतमै समेत यो औषधिको अभाव रहेकाले प्रभावकारिताका आधारमा थप माग गरिने महानिर्देशक ढकालले बताए । नेपालमा यो औषधि सिनर्जी ओभरसिज प्रालि र यतिकेम प्रालिले ल्याउने अनुमति पाएको छ ।
महानिर्देशक ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्ड अनुसार कोभिड–१९ सङ्क्रमितको अनुमतिमा मात्र ‘रेम्डेसिभिर’ प्रयोग गर्न पाइने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा तोकिएका अस्पतालको फार्मेसीबाट मात्र यो औषधि बेच्न पाइनेछ ।
अस्पतालको अति सघन कक्ष (आईसीयू)मा उपचाररत र भेन्टिलेटरमा जाने अवस्थामा रहेका बिरामीमा ‘रेम्डेसिभिर’ प्रयोग गर्न पाइने महानिर्देशक ढकालले जानकारी दिनुभयो । कोरोनाको लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई यो औषधि प्रयोग गर्न मिल्दैन । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण