पीएसजीको सपना चकनाचुर, बायर्नलाई छैटौँपटक च्याम्पियन्स लिगको उपाधि
प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
पीएसजीकै पूर्वखेलाडी किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बनेको थियो । जोसुवा किमिचको क्रसमा कोमानले गोल गरेका थिए ।
बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो । गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताउन सफल भएका छन् ।

उता, पीएसजीका दुई सुपरस्टार स्ट्राइकर नेयमार र किलियान एम्बाप्पेका लागि खेल निरश रह्यो । उनीहरुले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने पहिलो हाफमा अवसरहरु पाउँदा पनि उनीहरुलाई म्यान अफ द म्याच म्यानुअल न्युअरले निराश बनाएका थिए ।
पीएसजीले सन् २०१६ को अप्रिल यता ३५ खेलपछि पहिलोपटक युरोपियन प्रतियोगितामा गोल गर्न असफल रह्यो ।
पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा भने बायर्नले खेलमा नियन्त्रण बनाउँदै छैटौँपटक उपाधिमाथि कब्जा जमायो । बायर्नभन्दा रियल म्याड्रिड (१३ पटक) र एसी मिलान (७ पटक) मात्र अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण