बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपतिको विवादास्पद बयानः भने, ‘पत्रकारलाई कोरोना भए बाँच्ने सम्भावना कम किनभने उनीहरु डरपोक हुन्छन्’

मङ्गलबार, ०९ भदौ २०७७, १४ : २६
मङ्गलबार, ०९ भदौ २०७७

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले सोमबार एक कार्यक्रममा कोरोनालाई हराउने आफ्नो कहानी साझा गरेका छन् । यद्यपि, यतिबेला उनले एक विवादास्पद बयान दिएका छन् । उनले पत्रकारलाई डरपोक बताउँदै भने, ‘उनीहरुलाई कोरोना भए बाँच्ने सम्भावना कम छ ।’

बोल्सोनारोले भने, ‘मलाई लाग्छ कि पहिला म खेलाडी भएका कारण मेरो प्रतिरोधी क्षमता बलियो छ र मैले यो रोगलाई हराएँ । यो कुरामा प्रेसले मेरो खिल्ली उडायो । यदि यी डरपोक पत्रकारमध्ये कसैलाई कोरोना लागे उनीहरु बाँच्ने सम्भावना कम छ । उनीहरु खेलाडी होइनन् जो यो संक्रमणबाट पार पाउनेछन् ।’

आफ्नो अगाडि बसेका पत्रकारलाई उनले भने, ‘तपाईंहरु आफ्नो कलमको प्रयोग अरुको खराब कुरा लेख्नका लागि गर्नुहुन्छ । यस्तोमा कोरोना संक्रमण हुँदा तपाईंहरु जिउँदो बच्ने सम्भावना थोरै कम छ ।’

बोल्सोनारोले हाइड्रोक्सिक्लोरोक्विन लिन सल्लाह दिएः

बोल्सोनारोले एकपटक पुनः हाइड्रोक्सिक्लोरोक्विन लिन सल्लाह दिए । उनले मलेरियाको उपचारमा प्रयोग हुने यो औषधीको सेवन गरेर नै आफू चाँडै निको भएको बताए । उनले कार्यक्रममा उपस्थित डाक्टरलाई पनि बिरामीलाई यहि औषधी दिन सल्लाह दिए । यद्यपि, देशमा बढ्दो संक्रमण र प्रत्येक दिन करिब हजार जनाको मृत्यु भइरहेको विषयमा भने उनले केही बोलेनन् । ब्राजिलमा हाल संक्रमितको संख्या ३५ लाख पार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप